Information is intelligence
HomeNewsउपनिर्वाचन अपडेट : हालसम्म २७६ जनाले गरे मतदान

उपनिर्वाचन अपडेट : हालसम्म २७६ जनाले गरे मतदान

- Advertisement -spot_img

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि मतदान जारी छ । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान भएको हो ।

निर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१९ जना गरी ३०० मतदाता रहेका छन् । उपनिर्वाचनमा हाल (१२ बजे) सम्म २७६ जनाले मतदान गरेका छन् ।

एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु