Information is intelligence
HomeSportsअग्युरो बार्सिलोनामा अनुबन्धित

अग्युरो बार्सिलोनामा अनुबन्धित

- Advertisement -spot_img

सर्जियो अग्वेरो बार्सिलोनासँग अनुबन्धित भएका छन् । भर्खरै सकिएको इंग्लिस प्रिमियर लिग उपाधि जितेका अग्वेरो म्यानचेस्टर सिटीबाट स्पेन पुगेका हुन् । सिटीसँगको सम्झौँता सकिएसँगै अग्वेरो ‘फ्रि-एजेन्ट’ का रुपमा बार्सिलोना गएका हुन् ।

बार्सिलोनासँगको सम्झौँता अनुसार अग्वेरो क्याम्प नौउमा सन् २०२३ सम्म रहने छन् । अग्वेराले सोमबार नै बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटासँग भेट गर्नेछन् ।

३२ वर्षे अग्युरोलाई भित्र्याएको बार्सिलोनाले रिलिज क्लज १०० मिलियन युरो तोकेको छ।  १० वर्ष सिटीमा रहँदा ३९० खेलबाट २६० गोल गरेका उनी सिटीका हालसम्मका सर्वाधिक गोलकर्ता हुन्।

ला लिगामा उनी योसँगै दोस्रो पटक अनुबन्धित भएका हुन्। उनी म्यानचेस्टर सिटी स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सन् २०११ मा पुगेका थिए। सिटीमा रहँदा उनले १५ वटा मुख्य ट्रफी दिलाउन सफल भएका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु