Information is intelligence
HomeHealthजिल्ला आयुर्वेद चितवनद्वारा काेभिड- १९ आयुर्वेद आइसाेलेसन सेन्टर सञ्चालन

जिल्ला आयुर्वेद चितवनद्वारा काेभिड- १९ आयुर्वेद आइसाेलेसन सेन्टर सञ्चालन

- Advertisement -spot_img

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर , चितवनले भरतपुर शिवनगरमा २० शैय्याकाे आयुर्वेद आइसाेलेसन सेन्टर सञ्चालनमा ल्याएकाे छ । आयुर्वेद, जडिबुटी , याेग , प्राणायम, जीवनशैली व्यवस्थापन र अमृत भाेजनकाे साथमा काेराना संक्रमितका लागि राेगप्रतिराेधात्मक क्षमता बढाउने एवं लाक्षणिक उपचारका लागि आयुर्वेद औषधीकाे प्रयाेग गरी उपचार गरिने लक्ष्य राखिएकाे छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकाे सहयाेग एवं भरतपुर महानगरपालिकाकाे स्थानीय सहयाेगमा प्रस्तावित प्रादेशिक आयुर्वेद अस्पताल निर्माणस्थलमा सञ्चालन गर्न लागिएकाे साे आइसाेलेसन केन्द्रकाे उद्घाटन एक समाराेहका बिच भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले गरे ।

कार्यक्रमकाे उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवन जिल्लामा आयुर्वेद,प्राकृतिक चिकित्सा , याेगकाे संभावना धेरै रहेकाे , गतवर्ष करिब ५०० काेराेना संक्रमित प्राकृतिक चिकित्सा जडिबुटी सेवन गरी , याेग र प्राणायामबाट लाभान्वित भएका  र काेराेना संक्रमणकाे दाेस्राे लहरमा पनि यसले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

यस केन्द्रकाे सञ्चालन एवं भविष्यमा आयुर्वेद अस्पतालकाे सञ्चालनमा भरतपुर महानगरपालिकाले सहयाेग गर्ने प्रतिबद्दतासमेत व्यक्त गरिन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले काेराेना संक्रमण भएका सामान्य लक्षण भएका संक्रमितकाे उपचारमा आयुर्वेद आइसाेलेसन सेन्टरकाे प्राकृतिक वातावरण र आयुर्वेद औषधी एवं जडिबुटीकाे प्रयाेगले बिना कठिनाइ संक्रमण मुक्त हुने विश्वास व्यक्त गरे ।

त्यस्तै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले काेराेना महामारी राेकथाम , नियन्त्रण र उपचारमा सबै चिकित्सा पद्दतिहरूकाे महत्वपूर्ण भुमिका रहेकाे बताउँदै आयुर्वेद उपचारकाे माध्यमबाट काेराेना संक्रमितकाे उपचारमा सहयाेग पुग्ने पनि बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनकाे सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठकाे अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा बाेल्दै नव मनाेनित अध्यक्ष्य श्रेष्ठले आयुर्वेद चिकित्सा पद्दतिकाे माग बढ्दै गएकाे र नसर्ने राेग व्यवस्थापनमा समेत आयुर्वेद थेरापी निकै महत्वपूर्ण रहेकाे बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सुचना अधिकारी डा.देवेन्द्र कुमार यादवले सञ्चालन गरेकाे उक्त कार्यक्रमका बारेमा प्रकास पार्दै कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा. काेपिला अधिकारीले भरतपुर महानगरपालिका वडा नं १४ र १५ काे सिमानामा रहेकाे यस आयुर्वेद आइसाेलेसन सेन्टरले भरतपुर महानगरपालिका र पश्चिम चितवनका नागरिकले सुलभ रूपमा आयुर्वेद चिकित्सा पद्धतिकाे माध्यमबाट काेभिड १९ काे उपचार सेवा पाउने बताइन् । आयुर्वेद उपचार , याेग, प्राणायाम, नेती , मन्त्राेच्चारण, हवन, जीवनशैली , अमृत भाेजन, राेग प्रतिराेधात्मक क्षमता बढाउने , जडिबुटी क्वाथ , सकारात्मक सन्देशहरू , मनाेरञ्जन, परिसरमा वातावरणमा अक्सिजनकाे मात्रा बढाउन सहयाेग पुर्याउने पिपल, तुलसी , घ्युकुमारी , सेन्सेभेरिया लगायतका जडिबुटीहरू यस केन्द्रकाे विशेषता रहेकाे डा. अधिकारीले बताइन् ।

यस केन्द्रमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा जारी काेभिड १९ महामारी राेकथाम, नियन्त्रण एवं उपचार निर्देशिकामा आधारित रहेर उपचार सेवा प्रदान गरिने पनि उनले बताइन् ।

साे आइसाेलेसन सेन्टर उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १४ का वडाध्यक्ष ओम प्रसाद पाेखरेल र वडा नं १५ का वडाध्यक्ष शम्भु भण्डारीकाेसमेत उपस्थिति रहेकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु