Friday, June 25, 2021
HomeSportsकोपा अमेरिका ब्राजिलमा आयोजना हुने

कोपा अमेरिका ब्राजिलमा आयोजना हुने

- Advertisement -
- Advertisement -spot_img

कोपा अमेरिका ब्राजिलमा आयोजना हुने भएको छ ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको छ ।

ब्राजिल साविक विजेता समेत हो  । यस अघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो ।तर, कोरोना भाईरसको महामारीको कारण अर्जेन्टिनाबाट प्रतियोगिता सारिएको हो ।

कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो ।

सुरुवातमा कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो ।

तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियालाई सह आयोजकबाट हटाईएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय