Information is intelligence
HomeSportsआइपिएलका बाँकी खेल युएईमा

आइपिएलका बाँकी खेल युएईमा

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल संयुक्त अरव इमिरेट्स (युएई) मा हुने भएको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले औपचारिक रुपमा आपिएलका बाँकी खेल युएइमा गर्ने निर्णय गरेको छ । गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको थियो ।

गत वर्ष पनि ‘आईपीएल’का सम्पूर्ण खेल एक्लैले आयोजना गरेको ‘युएई’ले यस वर्षको ३१ वटा बाँकि खेलहरु २५ दिनमा सम्पन्न गर्ने तयारी गर्दैछ।

‘बीसीसीआई’को विज्ञप्ति अनुसार ‘आईपीएल’को मिति सार्वजनिक नभएपनि खेलहरु यही ‘सेप्टेम्बर’ देखि ‘अक्टोबर’ महिना भित्र हुने कुरा निश्चित भएको छ।

‘आईपीएल’ स्थगित हुनु अघि २९ खेल आयोजना हुंदासम्म ‘दिल्ली क्यापिटल्स’ लिगको शीर्ष स्थानमा रहेको छ। ८ खेलमा १२ अंक रहेको दिल्लीलाई पछ्याउंदै ‘चेन्नई सुपर किंग्स’ र ‘रोयल च्यालेन्जर्स बैंगलोर’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु