Information is intelligence
HomeSportsरोनाल्डोलाई पछि पार्दै लुकाकु बने सिरी ए का ‘ओभरअल मस्ट भ्यालुएबल’ खेलाडी

रोनाल्डोलाई पछि पार्दै लुकाकु बने सिरी ए का ‘ओभरअल मस्ट भ्यालुएबल’ खेलाडी

- Advertisement -spot_img

इटालियन सिरी ए अन्तर्गत विभिन्न विधाको अवार्डमा इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले ओभरअल मस्ट भ्यालुएबल खेलाडीको अवार्ड जितेका छन्।

उनले लिगको ओभरअलतर्फ मस्ट भ्यालुएबल खेलाडीको अवार्ड जितेका हुन्। लुकाकुसँगै मस्ट भ्यालुएबल फरवार्ड बनेका क्रिस्टियानो रोनाल्डो अहिले युराेपियन मिडियामा हेडलाइन बनेका छन्।

दुई सिजनअघि म्यानचेस्टर युनाइटेडबाट इन्टरमा पुगेका लुकाकु र २०१८ मा रियल मड्रिडबाट सिरी ए मा पुगेका रोनाल्डो पछिल्ला सिजनमा उत्कृष्ट बन्दै आएका छन्।

रोनाल्डोले यो सिजन लिगको सर्वाधिक गोलकर्ता बन्दै अन्त्य गरेका छन्। उनले लिगभरि ३३ खेलमा सहभागिता जनाउँदै २९ गोल गरे।

यता लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर मिलानले उपाधि चुम्यो। उनले ३६ खेलबाट २४ गोल गरेका थिए भने ११ एसिस्ट गरे जसले उनलाई मस्ट भ्यालुएबल खेलाडी बनायो।

त्यस्तै लिगमा १४ क्लिन सिट राखेका गियान्लुगी डोनारुम्मा उत्कृष्ट गोलकिपर बने। उनले सर्वाधिक ३७ खेल खेलेका थिए। त्यस्तै, क्रिस्टियन रोमेरु बेस्ट डिफेन्डर बने भने निकालो ब्यारेला बेस्ट मिडफिल्ड बने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु