Thursday, June 17, 2021
HomeNewsमोटरसाइकल चोरी गरेको आरोपमा कोटेश्वरबाट दुई युवा पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा कोटेश्वरबाट दुई युवा पक्राउ

- Advertisement -
- Advertisement -spot_img

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले कोटेश्वर स्थित नरेफाँटबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।

उनीहरुको नरेफाँटमा डेरा छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो । बिकास र विशाल दैनिक मोटरसाइकल फेरेर हिँड्थे ।

काठमाडौंको तीनकुने र नरेफाँट तथा भक्तपुर र ललितपुरबाट पनि उनीहरुले मोटरसाइकल चोरी गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरुमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय