Information is intelligence
HomeNewsएमाले स्थायी कमिटी बैठक बस्दै, प्रष्टीकरण सोधिएका १२ जनालाई थप कारबाहीको तयारी

एमाले स्थायी कमिटी बैठक बस्दै, प्रष्टीकरण सोधिएका १२ जनालाई थप कारबाहीको तयारी

- Advertisement -spot_img

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

आइतबार र सोमबार बस्दै नबसी स्थगित गरिएको बैठक आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टीको अनुशासनवपिरितका गतिविधि गरेको भनेर प्रष्टीकरण सोधिएका १२ जना सांसदलाई थप कारबाही गर्ने या नगर्ने भन्नेबारे  निर्णय हुने सम्भावना रहेको तामाङले बताए ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

उनीहरुले लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको जनाइएको छ ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।

यस्तै आजको बैठकमा अध्यादेशमार्फत् ल्याइएको बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा गर्ने तयारी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु