Information is intelligence
HomeNewsक्षमता विस्तारमा दुग्ध विकास

क्षमता विस्तारमा दुग्ध विकास

- Advertisement -spot_img

दुग्ध विकास संस्थानले बालाजुस्थित दुग्ध संकलन केन्द्रको क्षमतावृद्धि गर्ने भएको छ । अहिले यसको दुध प्रशोधन क्षमता दैनिक १ लाख १० हजार लिटर रहेको छ । तर, अहिले क्षमताभन्दा बढी (दैनिक १ लाख ३५ हजार लिटर दुध) प्रशोधन गरिरहेको छ ।

संस्थानले यसको क्षमता बढाएर दैनिक २ लाख ५० हजार दुध प्रशोधन गर्ने लक्ष्य लिएको छ । यसको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । संस्थानले यसका लागि करिब ९ करोड खर्च लाग्ने अनुमान गरेको छ । सम्पूर्ण लगानी संस्थानले नै ब्यहोर्ने प्रवक्ता सियारामप्रसाद सिंहले जानकारी दिए ।

दुग्ध विकास संस्थानले तरल दुध, दही, घ्यु, चिज, धुलो दुध, फ्रेस मिल्क लगायत २० भन्दा बढी सामग्री उत्पादन र विक्री गर्दै आएको छ । अहिले संकलन गरिएको दुग्धमध्ये तरल दुधका लागि ७५ प्रतिशत चिज उत्पादनमा ५ प्रतिशत, धुलो दुध उत्पादनमा १० प्रतिशत र अन्य पदार्थ उत्पादनका लागि १० प्रतिशत दुग्ध खर्च गरिरहेको प्रवक्ता सिंहले बताए ।

दुग्ध विकास संस्थानले चालू आवको फागुनसम्ममा ३ करोड ९३ लाख ६२ हजार ७ सय ६५ लिटर दुध संकलन र विक्री गरेको छ । यसमध्ये ३ करोड ८३ लाख ८२ हजार ५ सय लिटर दुध प्याकेट बनाउनु खर्च गरेको संस्थानले तथ्यांकले देखाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु