Information is intelligence
HomeAgricultureआँप उत्पादन ६० प्रतिशतले घट्यो

आँप उत्पादन ६० प्रतिशतले घट्यो

- Advertisement -spot_img

हावाहुरी र असिना पानी आउनु मुख्य कारण, निषेधाज्ञाका कारण बजार नपाउने चिन्ता

सिरहा — देशभरमै आँप उत्पादनको मुख्य क्षेत्र मानिएको सिरहामा यस वर्ष उत्पादन घटेको छ । पटक–पटकको हावाहुरी र असिना पानीका कारण ६० प्रतिशतले उत्पादनमा कमी आएको हो ।

कृषि प्राविधिकका अनुसार एकातिर मौसम प्रतिकूल हुनु र अर्कोतर्फ यो वर्ष आँप नफल्ने वर्ष भएकाले पनि उत्पादनमा कमी आएको हो ।

जिल्लामा किसानहरूले ७ हजार ८ सय ९५ हेक्टर क्षेत्रफलमा व्यावसायिक आँप खेती गर्दै आएका छन् । तर यस वर्ष ६ हजार एक सय हेक्टर क्षेत्रफलमा मात्र खेती भएको थियो । गत वर्ष प्रतिहेक्टर १४.१ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो । तर यस वर्ष ५.५ मेट्रिक टनका दरले मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव राउतले जानकारी दिए । यो उत्पादन दर गत वर्षको तुलनामा ६० प्रतिशतले कम हो ।

‘निषेधाज्ञाका कारणले बजार र सवारी साधन सञ्चालन नभएकाले स्थानीय स्तरमा भएको उत्पादनले यस क्षेत्रका उपभोक्तालाई थेग्ने हाम्रो अनुमान थियो तर ढुवानी बन्द हुँदा आँपमा समेत कालोबजारी नहोला भन्न सकिन्न,’ राउतले भने, ‘फल्ने वर्ष भएको भए त्यतिको क्षतिले आँपको उपभोगमा कुनै मुस्किल पार्दैनथ्यो तर यसपालि नफल्ने वर्ष भएको कारणले पनि आँपको आपूर्तिमा समस्या हुने हाम्रो अनुमान छ ।’

सिरहामा निषेधाज्ञाको कारणले आँपको आपूर्तिमा समस्या हुने थोक व्यापारी कपिल मण्डलले बताए । ‘अहिले छोटो तथा लामो दूरीका सबैखाले सवारी साधन चल्न सकेका छैनन्,’ उनले भने, ‘सवारी चलेको बेला यहाँ उत्पादन भएको आँपको आधा खपत यहीं हुने गरेको थियो तर यसपालि त्यस्तो छैन ।’ उनका अनुसार गत वर्ष बजार अभावले धेरै व्यापारीले आँप सडकमै फाल्नुपरेको थियो । ‘यसपालि पनि त्यस्तै नहोला भन्न सकिन्न,’ उनले भने । सिरहा र सप्तरीलाई आँप उत्पादनको भण्डार मानिन्छ ।

यहाँ आम्रपाली, मालदह, बम्बई, दशहरी, कलकतिया जातका आँप लगाउने गरिएको छ । तराईका सुनसरी, धनुषा, सर्लाही, महोत्तरी, कपिलवस्तु, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, बाँके, बर्दिया लगायतमा पनि आँप खेती हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु