Information is intelligence
Homeillamइलाम र सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम र सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

- Advertisement -spot_img

मंगलबार बिहान दुर्घटना हुँदा सुनसरी र इलाममा दुई जनाको मृत्यु भएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चौकमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सहचालक खोटाङ साकेला गाऊपालिका-१ डाँडागाँउका २२ वर्षीय विष्णुकुमार बस्नेतको मृत्यु भएको हो ।

ट्याक्टरबाट लड्दा उनलाई डालाको चक्काले किचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक ४५ वर्षीय भीमबहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, इलाम नगरपालिका-११ आले चोकमा ट्रकको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ ।

बिर्तामोडबाट जितपुरतर्फ जाँदै गरेको ना२ ख ९२०५ नम्बरको ट्रकले सोही स्थानका पैदलयात्री ८२ वर्षीय पदमबहादुर तामाङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङ प्रहरी चौकी चिसापानी इलामको नियन्त्रणमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु