Information is intelligence
HomeNewsप्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीच छलफल

प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीच छलफल

- Advertisement -spot_img

संवैधानिक इजलास गठनबारे भएको विवादका बारेमा कुरा गर्न सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न गएका छन्  ।

एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्यहरू अनन्तराज लुइँटेल र विकास भट्टराई प्रधानन्यायाधीश जबरालाई भेटन् गएका हुन् ।

अध्यक्ष शाक्यले इजलास गठन विवादरहित बनाउन भनेर प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउन गएको बताए । अहिले पनि प्रधानन्यायाधी जबरा र एसोसियसनका पदाधिकारीबीच छलफल भइरहेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजकुमार केसी र बमकुमार श्रेष्ठलाई राखिएको भने रिट निवेदकका तर्फका वकिलहरूले प्रश्न उठाएका छन् ।

नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरेकाले केसी र श्रेष्ठ अहिलेको इजलासमा बस्न नहुने उनीहरुको तर्क रहेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु