Information is intelligence
HomeHealthनिःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स

निःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स

- Advertisement -spot_img

कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्वत सरकारद्वारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप हिमालय एअरलाइन्सको ३१९–११५ ९एन–एजेके  एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा ४ पटक उडान गरी ती खोपहरू ढुवानी गर्ने एयरलाइन्सले जनाएको छ । हिमालयका ती उडानहरूले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्ने पनि कम्पनीले जनाएको छ ।

निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट हिजो साँझ २०ः२८ बजे कुनमिङ्ग तर्फ उडी आज बिहान ०६ः२८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली रुपैंयाँ करिब २ करोड २५ लाख बराबरको आर्थिक योगदान पुर्याउने कम्पनीले जनाएको छ ।

हिमालय एअरलाइन्सको अध्यक्ष झो एन्योङ्गले कोभिड–१९ महामारी विरुद्ध लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एयरलाइन्स तथा सम्वद्ध समूहका लागि यो एक ऐतिहासिक क्षण भएको बताए । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु वास्तवमै गौरवको विषय भएको बताए ।

हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गो वाहक उडानहरु अत्यन्तै उच्च तह को उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गर्दछ । कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्सको व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको छ । परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्सले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९ संक्रमणको दोस्रो महामारीको समयमा हिमालयले राष्ट्र सेवामा पुर्याएको सानो, तर महत्वपूर्ण योगदान भएको बताए । विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु