Information is intelligence
HomeNewsमहामारी नियन्त्रणमा सहयोग गर्न साउदीसँग आग्रह

महामारी नियन्त्रणमा सहयोग गर्न साउदीसँग आग्रह

- Advertisement -spot_img

साउदीका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्नमा सहयोग गर्न साउदी सरकारलाई आग्रह गरेका छन् ।

सोमबार साउदीको शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) का महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिहसंग भएको भेटवार्तामा राजदूत राजपुतले सहयोग गर्न आग्रह गरेका हुन् ।

आफ्नो कार्यकालको अन्तिम समयमा उनले महानिरीक्षक डा.अब्दुल्लाहको कार्यकक्षमा पुगेर हाल नेपालमा बढदो कोरोना संक्रमण र उपचारको अवस्थाबारे उनलाई जानकारी गराएका हुन् ।

सबै देशहरूमा मानवीय कार्य र समस्यामा परेका मानिसलाई सहयोग र समर्थन गर्न साउदी सरकार तयार रहेको भन्दै उनले नेपाललाई तत्काल चाहिने स्वास्थ्य सामग्री लगायतका उपकरण सहयोग गर्ने बारे साउदी सरकार पनि सकारात्मक रहेको बताईएको छ ।

केही समयअघि मात्र नेपाल सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड-१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री जुटाउन अधिकतम प्रयत्न गर्न निर्देशन दिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु