Information is intelligence
HomeInternationalअमेरिकाविरुद्ध आफ्नै सहयोगीमाथि जासूसी गरेको आरोप

अमेरिकाविरुद्ध आफ्नै सहयोगीमाथि जासूसी गरेको आरोप

- Advertisement -spot_img

डेनमार्कको एक मिडिया रिपोर्टले अमेरिका र डेनमार्कमाथि गम्भीर आरोप लगाएको छ । ​डेनमार्ककको डिआर न्युजमा सार्वजनिक रिपोर्टका अनुसार डेनमार्कको डिफेन्स इन्टेलिजेन्स सर्भिसले अमेरिकाको नेशनल सेक्युरेटी एजेन्सी (एनएसए) लाई खुला इन्टरनेट एक्सेस उपलब्ध गराएको थियो ।

अमेरिकाले यस्तो पहुँचलाई जर्मनी, फ्रान्स, नर्वे र स्विडेनका नेता तथा अधिकारीहरुको जासूसीका लागि प्रयोग गयो । जासूसी गरिएका नेताहरुको सुचीमा जर्मन चान्सेलर एन्जेला मर्केलको नाम पनि छ ।

डिआर न्युजले स्विडेन, नर्वे, जर्मनी र  फ्रान्सेली मिडियाहरुको सहयोगमा यो रिपोर्ट तयार गरिएको जनाएको छ । उसले यस खोजीलाई ‘अपरेशन डनह्यामर’ नाम दिएको छ । रिपोर्टअनुसार २०१२ देखि २०१४ को अवधीमा यस्तो जसूसी गरिएको थियो ।

आफ्नै गठबन्धनमा रहेका मित्रराष्ट्रहरुमाथि अमेरिकाले गरेको यस्तो जासूसीको खुलासाले युरोपमा खैलाबैला मच्चिएको छ । जर्मन चान्सेलर मर्केलका प्रवक्ताले यस रिपोर्टबारे कुनै टिप्पणी गर्न अस्विकार गरेका छन् ।

डेनमार्कका रक्षामन्त्री ट्राइन ब्रेमसेनले पनि तत्काल कुनै टिप्पणी गर्न चाहेनन् । अमेरिकाको गुप्तचर निकायले एक्सकीस्कोर सफ्टवेयरको माध्यमबाट छिमेकी देशका राजनेता तथा अधिकारीहरुको फोन कल, म्यासेज र च्याट सन्देशसमेत हासिल गरेको यस रिपोर्टमा उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु