Information is intelligence
HomeNewsनेपाल–भारत सीमा क्षेत्रमा भेटियो पुरुषको शव

नेपाल–भारत सीमा क्षेत्रमा भेटियो पुरुषको शव

- Advertisement -spot_img

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको रतुवामाई नगरपालिका–२ यादव टोलमा मंगलबार बिहान एक पुरुषको शव फेला परेको छ । अन्दाजी २५/३० वर्षको जस्तो देखिने पुरुषको पहिचान हुन नसकिरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार घोप्टो परेको अवस्थामा शव भेटेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन्। मृतक नेपाली हुन कि भारतीय नागरिक भन्ने पनि खुल्न बाँकी छ ।
सीमा क्षेत्रको दशगजानजिक शव भेटिएको राईले बताए। उनका अनुसार दशगजाबाट घटनास्थल लगभग एक सय ५० मिटरजति नेपालतर्फ पर्छ। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
शव भेटिएको स्थान वरपर वस्ती पनि कम छ। शंकास्पद अवस्थामा पुरुषको शव भेटिएपछि घटनाको गम्भीर रुपले अनुसन्धान थालिएको जानकारी डीएसपी राईले दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु