Information is intelligence
HomeNewsलुम्बिनी प्रदेश सभा बैठक बस्दै

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

- Advertisement -spot_img

लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक आज बस्न लागेको छ ।

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो। पहिलो दिन दलका नेताहरू धारणा राख्ने कार्यसूची रहेको छ ।

प्रदेश सभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । तर, प्रदेश प्रमुखले त्यसलाई अघि नबढाउन पत्राचार गरेका थिए  ।

पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर, उनी अल्मतमा छन्। उनले संसद्मा विश्वासको मत लिनुपर्ने भए पनि वेवास्ता गरेका छन् ।

विपक्षी दलले पोखरेल कानूनविपरीत मुख्यमन्त्री नियुक्त भएको बताउँदै आएका छन् । उनीहरू अविश्वास प्रस्ताव अघि बढाउन सभामुखलाई आग्रह गरेका छन् ।

अहिले प्रदेश सभामा ८३ सदस्य छन् । जेठ १७ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेदवारले ४० मत मात्रै पाएका थिए। विपक्षी गठबन्धनका उम्मेदवारले ४३ मत पाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु