Friday, June 25, 2021
HomeFoodविश्वकै ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण

विश्वकै ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण

- Advertisement -
- Advertisement -spot_img

विश्वकै ठूलो मासु प्रशोधन कम्पनी उच्चस्तरको साइबर आक्रमणको निशानामा आएको छ ।

ब्राजिलको मासु प्रशोधन तथा आपूर्ति कम्पनी जेबीएसको कम्युटर नेटवर्कमा साइबर आक्रमण भएको हो ।

आक्रमणका कारण अस्ट्रेलिया, क्यानडा र अमेरिकामा केही समय काम रोकिएको र हजारौँ कामदार प्रभावित भएको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले रुसमा रहेका आपराधिक समूहबाट साइबर आक्रमण भएको हुन सक्ने बताएको छ । जेबीएसमा भएको साइबर आक्रमणका कारण मासुको अभाव हुन सक्ने वा मूल्य बढ्ने सम्भावना छ ।

साइबर आक्रमणकारी जेबीएसको कम्युटर प्रणालीमा प्रवेश गरेर पैसा नदिएमा नोक्सानी वा फाइलहरु डिलिट गर्ने चेतावनी दिएका थिए।
एफबीआईले यो साइबर आक्रमणको अनुसन्धान गर्ने ह्वाइट हाउसले जनाएको छ ।

जेबीएसका विश्वका १५ देशमा १५० भन्दा धेरै प्लान्ट छन्। यो कम्पनी सन् १९५३ मा ब्राजिलमा स्थापना भएको हो ।

विश्वभर हाल कम्पनीमा एक लाख ५० हजार भन्दा धेरै कामदार छन्। अमेरिकामा जेबीएसले मासु आपूर्तिको ठूलो हिस्सा ओगटेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय