Information is intelligence
HomeInternationalअक्षय कुमार, आदित्य चोपडाविरुद्ध मुद्दा

अक्षय कुमार, आदित्य चोपडाविरुद्ध मुद्दा

- Advertisement -spot_img

बलिउड अभिनेता अक्षय कुमार र निर्माता आदित्य चोपडाविरुद्ध अदालतमा मुद्दा परेको छ । उनीहरूले निर्माण गरेको फिल्म पृथ्वीराजको नाम पृथ्वीराज चौहान गरिनुपर्ने र त्यो फिल्मभित्रको कथामा इतिहासविद्धको सामग्री राख्नु नहुने भन्दै भारतका हिन्दूवादी करनी सेनाले माग उठाउँदै आएका थिए ।

तर, निर्माता तथा अभिनेताले यो कुरामा चासो नदेखाएपछि उनीहरूविरुद्ध आफूहरूले मुद्दा दायर गर्नुपरेको करनी सेनाले जनाएको छ । फिल्मको नाम पृथ्वीराज मात्र राखिनु भनेको भारतीय संस्कृतिमा विश्वास राख्ने प्रत्यक भारतीयको धार्मिक र सामाजिक भावनामा ठेस पुग्नु हो भन्नेकुरा उनीहरूले मुद्दामा उल्लेख गरेका छन् ।

यदि आफूहरूले भनेजस्तै फिल्मको नाम पूरा राखिएन र फिल्मभित्रको कथामा आफूहरूले भनेअनुसार फरक गरेमा आन्दोलनमा उत्रने र सो फिल्म प्रदर्शनमा रोक लगाउने पनि करनी सेनाले जनाएको छ ।

अभिनेता अक्षय कुमारले करनी सेनाको मागलाई आफूहरूले सम्मान गर्ने बताएका छन् । फिल्म प्रदर्शनीको तयारीमा रहेकाले सो विषय सोचनीय भएको पनि आफूहरूको त्यसतर्फ ध्यानाकर्षण भएको पनि यी अभिनेताले बताएका छन् ।

करनी सेनाले दायर गरेको मुद्दामा अभिनेता अक्षय कुमार, निर्देशक चन्द्रप्रकाश द्विवेदी र निर्माता आदित्य चोपडालाई विपक्षी बनाइएको छ । आफूहरूको मागलाई फिल्म पक्षले बेवास्ता गरेपछि अदालतको सहयोग लिनुपरेको करनी सेनाले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु