Thursday, June 24, 2021
HomeNewsबर्खा नलाग्दै सडक हिलाम्मे

बर्खा नलाग्दै सडक हिलाम्मे

- Advertisement -
- Advertisement -spot_img

सर्लाहीको हरिपुर्वा नगरपालिका–५ का मुकेश झाले गाउँमा जुत्ता चप्पल नलगाएको पाँच दिन बित्यो । केही दिनको वर्षाले सडकभरि हिलो नै हिलो बनेपछि उनले जुत्ता चप्पल लगाउन छाडेका हुन् ।

हरिपुर्वा बजारमा रहेको सहकारीका सञ्चालक तथा व्यवस्थापक रहेका उनी प्रत्येक दिन बिहान १० बजे घरबाट पाइन्ट, सर्ट लगाएर जुत्ता हातमा लिएर कार्यालय पुग्ने गरेका छन् । कार्यालय पुगेपछि खुट्टाको हिलो पखालेर जुत्ता लगाई अफिस पस्ने गरेका छन् ।

झा मात्र हैन गाउँमा बस्ने अधिकांशले हिलोका कारण चप्पल लगाउँदैनन् । यहाँका स्थानीय घरबाट बाहिर जानुपरे हातमा जुत्ताचप्पल बोकेर निक्लिने गरेका छन् । निषेधाज्ञाका बेला सामाजिक कार्यमा बाहिरबाट आएकाहरू पनि चप्पल जुत्ता हातमै बोकेर गाउँ छिर्छन् । बस्तीबीचको सडक हिलोकै कारण सुनसान हुन्छ । सडक हिलाम्मे भएपछि कतिपयले खेत तथा आलीको बाटो प्रयोग गर्न थालेका छन् ।

पालिकाको कार्यालयसमेत रहेको हरिपुर्वामा हिउँदका बेला धुलाम्मे र वर्षाका बेला सडक हिलाम्मे बन्ने गरेको हो । यो सडक यस क्षेत्रका बस्तीहरूका लागि जोड्ने मुख्य तथा अति नै व्यस्त मानिन्छ । तर सामान्य पानी पर्दा हिँड्नै नसक्ने हुन्छ । केही दिनअघि चिम्टाइलो माटो राखेपछि सडकको अवस्था झन् खराब भएको छ । झाले जनप्रतिनिधिले काम गर्न नसक्दा नागरिकले दुःख भोग्नुपरेको बताए । जनप्रतिनिधिले विकास गर्नै नचाहेको उनको आरोप छ । एकपटकको लगानीमा विकास भयो भने अर्को वर्ष लगानी केमा लगाउने र कार्यकर्ता कसरी पाल्ने भन्ने नेताहरूको सोच रहने गरेको उनको आरोप छ ।

हरिपुर्वा मात्र हैन त्यस क्षेत्रको अन्य गाउँको अवस्था पनि उस्तै छ । यहाँ सडकभरि हिलो नै हिलो छ । हिलाम्मे बाटोमा काम नपरी हतपत कोही निस्कँदैनन् । ‘एक त निषेधाज्ञा त्यसमा पनि हिलाम्मे बाटोमा बाध्यता पर्‍यो भने मात्र घरबाट बाहिर निस्कन्छौं,’ स्थानीय युवा राजेश साहले भने, ‘बाटोभरि हिलो भएकै कारण समस्या परेका बेला अथवा किनमेल गर्ने बेलामा

चप्पल नलगाई बाहिर निस्कनुपर्ने बाध्यता छ ।’लमजुङमा अक्सिजन प्लान्ट तीनै सरकारका जनप्रतिनिधिले उपभोक्ता समितिमार्फत सडकमा लगानी गरेका छन् । तर, विकासका नाममा उपभोक्ता समितिमार्फत जनप्रतिनिधिले कार्यकर्ता पोस्ने काम मात्र गरेको स्थानीयको बुझाइ छ ।

हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम रायले सडक विस्तार गर्न खोज्दा स्थानीयले घर भत्काउन नदिएको र त्यसै कारणले सडक नबन्दा नागरिकले दुःख भोग्नुपरेको बताए । पटक–पटक घर भत्काउन गरिएको आग्रह अटेरी गरेकाले यो समस्या आएको उनको भनाइ छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय