Information is intelligence
HomeNewsराष्ट्रिय महिला आयोगकी अध्यक्षले भेटिन मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई

राष्ट्रिय महिला आयोगकी अध्यक्षले भेटिन मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई

- Advertisement -spot_img

२० जेठ २०७८ काठमाण्डौं

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा हिजो जेठ १९ गते अस्पतालमा पुगेर जानकारी लिएकी छिन् ।  एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उनकी छोरीको किर्तिपुर स्थीत वर्न अस्पताल किर्तिपुरमा उपचार भइरहेको छ ।

सोही क्रममा आयोगका अध्यक्षसँगको भेटमा पीडित लक्ष्मी भाटले आफु र  नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेकी छिन ।

डोटी जिल्ला आदर्श गाउँपालिका वडा ४ मा  बस्ने वर्ष २८ की लक्ष्मी भाट  र उनकी दुई वर्षकी छोरी अञ्जु भाटलाई समेत आफ्नै श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएको थियो ।

स्थानीय अस्पतालमा भाटको उपचार हुन नसके पछि  गृहमन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टर मार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर स्थीत बर्न अस्पतालमा भर्ना गरिएका छ ।

आयोगका  अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएर पीडकले हदै सम्मको सजायँ पाउनु पर्नेमा जोड दिइएकी थिइन ।

यो दोस्रो चरणको कोरोनाको महामरीको फैलिए पछि निषेधाज्ञाका कारण धेरै महिला घर भित्रै बस्नु पर्ने, रोजगारी गुमेको कारण आफ्नै नजिकका नातेदार, श्रीमान परिवारबाट हिंसामा परिरहेको बताउदै राष्ट्रिय महलिा आयोगद्वारा सञ्चालित हेल्पलाइन ११४५ पनि हरेक दिन लैङ्गिक हिंसाको गुनासो, उजुरी बढिरहेको भन्दै अध्यक्ष लैङ्गिक हिंसामा संलग्न हुनेलाई आयोगले कानुनको दायरामा ल्याउन र हिंसा हुन नदिन भर्चुअल माध्यमबाट विविध कार्यक्रम सञ्चालन गरिरहेको बताइन ।

आयोगले निषेधाज्ञामा घरमा रहेका महिला÷किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श सेवा उपलब्ध गराउदै आएको र हिंसामा परेमा उक्त हेल्पलाइनबाट २४ सै घण्टा उजुरी लिने र कानूनी सहयोग समेत सञ्चालन गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु