Information is intelligence
HomeNewsनेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन व्यवस्थापनमा सहयोग पुर्याउन स्वास्थ्य सामग्री प्रदान गरिएको...

नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन व्यवस्थापनमा सहयोग पुर्याउन स्वास्थ्य सामग्री प्रदान गरिएको छ

- Advertisement -spot_img

२० जेठ २०७८ भक्तपुर

मध्यपुरथिमी नगरपालिका स्थीत नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन व्यवस्थापनमा सहयोग पुर्याउन हिजो जेठ १९ गते स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

नेपाल राईजिङ अमेरिका, इनगेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा जुटाइएको स्वास्थ्य सामग्री  कोभिड -१९ र्यापिड एक्सन टास्कफोर्स समुहले थिमी मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई १० लिटरका ६३ थान हाइपरफमेन्स अक्सिजन कन्सनट्रेटर मेशिन हस्तान्तरण गरेका थिए ।

सोही क्रममा नगरपालिका प्रमुख श्रेष्ठले सहयोग स्वरूप प्राप्त स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमित व्यक्तिहरुको उपचारमा विशेष सहयोग पुग्ने र भन्दै  अस्पतालमा कोरोना सङ्क्रमित विरामीको उपचारका लागि  बेड थप गर्ने  प्रतिवद्धता जनाए ।

यसै क्रममा गुठिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले महामारीबाट बच्न घरभित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए भने इनगेज नेपालका डा. दिवेश कर्माचार्यले मध्यपुर ठिमी नगरपालिकाले नमुना अस्पताल सञ्चालन गरेर महामारीको समयमा विरामीहरुलाई पु¥याएको सेवा प्रेरणादायी रहेको भन्दै आगामी दिनमा अस्पतालको प्रयोगशाला विस्तार गर्न, अस्पतालबाट निस्कने फोहोर बैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्न र आधुनिक सार्वजनिक शौचालय निर्माण गरी सेवा विस्तार गर्न थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सो समुहले विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा हालसम्म १ सय वटा अक्सिजन सिलिण्डर र ७३ वटा अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु