Information is intelligence
HomeSportsविश्वकप छनोट : नेपाल र चाईनिज ताईपे भिड्दै

विश्वकप छनोट : नेपाल र चाईनिज ताईपे भिड्दै

- Advertisement -spot_img

काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग खेल्दै छ ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग खेल्न लागेकाे हाे । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा अष्ट्रेलियाको सामना गर्नेछ ।

कोरोना महामारीकाको कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु