Information is intelligence
HomeNewsकञ्चनपुुरमा लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु

कञ्चनपुुरमा लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु

- Advertisement -spot_img

लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्द् चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जानकारी दिए ।

बालकले आगनमा खेल्दै गर्दा लिची खाएको प्रहरीको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु