Information is intelligence
HomeFoodअण्डाको माग बढ्दो, उत्पादन भने १५ प्रतिशतले गिरावट

अण्डाको माग बढ्दो, उत्पादन भने १५ प्रतिशतले गिरावट

- Advertisement -spot_img

अहिले अण्डाको माग बढ्दो छ । तर मागअनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको छ ।

अहिले दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । तर, रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले उत्पादनमा १५ प्रतिशतले गिरावट हो । अण्डाको माग अनुसार उत्पादन नभएपछि भाउ बढेको छ । कुखुरालाई दिने दानाको मूल्य बढेकाले अण्डाको पनि भाउ बढेको सङ्घका महासचिव प्रविन केसीले बताए ।

दानाको मूल्य बढेकाले अण्डाको भाउ बढे पनि किसानले भने फाइदा लिन सकेका छैनन् ।  नेपाल कुखुराजन्य पदार्थमा आत्मनिर्भर रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु