Information is intelligence
HomeNewsप्रदेश १ को प्रदेशसभा बैठक जेठ २४ गते बस्‍ने

प्रदेश १ को प्रदेशसभा बैठक जेठ २४ गते बस्‍ने

- Advertisement -spot_img

प्रदेश १ को प्रदेशसभा बैठक आगामी जेठ २४ गते बस्ने भएको छ ।

आज बसेको प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले आगामी जेठ २४ गते दिउँसो २ बजे  बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

आगामी असार १ गते प्रदेशको बजेट ल्याउनु पर्ने संविधानको बाध्यात्मक अवस्था अनुसार प्रदेश सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरिएको मन्त्री कार्कीले बताए ।

सरकारले बजेट अधिवेशन आह्वान नगरेको भन्दै विपक्षी दलले विरोध गर्दै आएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु