Information is intelligence
HomeNewsएमालेको स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे

एमालेको स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे

- Advertisement -spot_img

पटक पटक स्थगित हुँदै आएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठकले पार्टी एकतालाई बचाउन शिर्ष नेताहरुले अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको थियो । आजको बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

आजै माधव नेपाल समुहले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालले उक्त बैठकमा सहभागी नहुन निर्देशन जारी गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु