Information is intelligence
HomeNewsपार्टी एकता जोगाउने कसरत भत्काउने प्रयास भएको भन्दै नेता विष्ट आक्रोशित

पार्टी एकता जोगाउने कसरत भत्काउने प्रयास भएको भन्दै नेता विष्ट आक्रोशित

- Advertisement -spot_img

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको कसरतलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

उनले केही सञ्चारमाध्यममा एमाले एकता जोगाउने प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम पनि जोडिएकामा आपत्ति जनाएका हुन् ।  सामाजिक सञ्जालमा विष्टले लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दार पूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्? समयले नै बताउला ।’

नेता विष्टले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन प्रयासरत रहेको पनि बताएका छन् । उनले लेखेका छन्, पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु