Information is intelligence
HomeInternationalटाइगर र दिशाविरुद्ध एफआइआर दर्ता

टाइगर र दिशाविरुद्ध एफआइआर दर्ता

- Advertisement -spot_img

अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गराएको छ । दुई दिन अघि दिउँसो दुई बजे मुम्बईको बेडस्टेण्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले बाहिर निस्कनुपर्ने ठोस कारण बताउन नसकेपनि उनीहरुको कागजात हेरेर छोडिदिएका थिए । अहिले भने प्रहरीले सबै कुराको जाँच गरेपछि दुवैका विरुद्ध एफआइआर दर्ता गराएको हो ।

मुम्बई प्रहरीका अनुसार दुवैविरुद्ध धारा १८८ अनुसार उजुरी दर्ता गरिएको छ । अहिले यो मामलामा दिशा र टाइगरलाई पक्राउ गरिएको छैन । किनकी यो जमानती अपराधको श्रेणीमा पर्दछ ।

महाराष्ट्रमा जून १५सम्म कोरोना लकडाउन छ र बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बाहिर निस्कन छुट छ ।

जिमको काम सकिएपछि दिशा र टाइगर यात्रामा निस्किएका थिए । टाइगर पछाडि बसेका थिए भने दिशा अगाडि थिइन् । प्रहरीले दुवैको आधार कार्ड जाँच गरेको थियो र दोस्रो औपचारिकता पुरा गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु