Information is intelligence
HomeHealthसहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बन्ने

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बन्ने

- Advertisement -spot_img

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ स्थित झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्ने निश्चित भएको छ । निर्माण स्थल छनोटका लागि लामो समयदेखि अन्योल रहँदै आएको केन्द्र निर्माणका लागि झौखेल छनोट गरिएको हो ।

भक्तपुरको दूधपाटीमा सानो एरियामा रहेको उक्त अस्पताल अंग प्रत्यारोपणका लागि नेपालकै ठूलो स्वास्थ्य संस्था हो ।

केन्द्र साविक झौखेल गाविसको वडा नम्बर ३ को कित्ता नं. १ मा रहेको ६ रोपनी १ आना २ पैसाको क्षेत्रफल भएको जग्गा र सोही ठाउँमा रहेको कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसाको क्षेत्रफल ओगटेको ठाउँमा बन्ने निश्चित भएको हो ।

सो जग्गा केन्द्रलाई ३० वर्षका लागि लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्को गत १३ जेठको बैठकले गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु