Information is intelligence
HomeNewsविश्वमा सन् २०२२ सम्ममा बेरोजगारीको सङ्ख्या बढेर २० करोड ५० लाख पुग्ने

विश्वमा सन् २०२२ सम्ममा बेरोजगारीको सङ्ख्या बढेर २० करोड ५० लाख पुग्ने

- Advertisement -spot_img

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ ।

यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्कले जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताउनुभयो । यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने उहाँले बताउनु भएको छ ।

संयुक्त राष्ट्र सङ्घले कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु