Thursday, June 17, 2021
HomeNewsमोरङको कर्सिया बजारमा आगलागी, लाखौंको क्षति

मोरङको कर्सिया बजारमा आगलागी, लाखौंको क्षति

- Advertisement -
- Advertisement -spot_img

माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ ।

काेराेनाकाे समयमा खाजा पसल र फर्निचर उद्योगसमेत बन्द भएको समय विद्युत सट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ ।

आगलागी फर्निचरबाट बिहान ९ बजेदेखि सुरू भएको र डेढ घन्टापछि आगाे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कार्की हाेटलमा रहेको ग्यास, फ्रिजलगायत १० लाख बराबरको क्षति भएको छ ।

फर्निचर उद्योगमा रहेको काठ, फर्निचर, माेटरलगायत ६० लाख बराबरको क्षति भएको राजेन्द्र शर्माले बताए ।

आगाे नियन्त्रणका लागि रंगेली, कानेपाेखरी र विराटनगरबाट आएको दमकल तथा नेपाल प्रहरी, ससस्त्र प्रहरी, स्थानीयले २ घन्टा पछि आगाे नियन्त्रणमा लिएका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय