Friday, June 25, 2021
HomeNews‘ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय खारेज गरियोस्’

‘ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय खारेज गरियोस्’

- Advertisement -
- Advertisement -spot_img

देशभक्त जनगणतान्त्रिक मोर्चाले चुरे र तराई क्षेत्रमा भएका ढुंगा, बालुवा र गिट्टी निकासी गर्ने निर्णय खारेज गर्न माग गरेको छ ।

विगत सात वर्षदेखि यी प्राकृतिक सम्पदाको निर्यातमा प्रतिबन्ध लगाइएको थियो । यदि, उक्त निर्णय कार्यान्वयन भए चुरे क्षेत्रमा अनियन्त्रित बाढी–पहिरो जाने, पानीका स्रोतहरु सुक्ने, तराई मरुभूमिमा परिणत हुने र प्राकृतिक सन्तुलन बिग्रने मोर्चाले जनाएको छ ।

“यी प्राकृतिक सम्पदाको निर्यातमा प्रतिबन्ध लगाएकै समयमा लुकीछिपी चोरी–निकासी र दोहन हुँदा पनि बाढीले जमिन डुबानमा परेका, जमिन बगाएका र इनार, कुवाहरु सुकेर बस्ती नै सर्नुपर्ने अवस्था आएको थियो,” मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “यी तथ्यहरुको पनि बेवास्ता गर्दै गरिएको यो निर्णय तुरुन्त खारेज गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । अन्यथा, यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी पनि यही सरकारले नै लिनुपर्नेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय