Information is intelligence
HomeNewsअग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता : प्रचण्ड

अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता : प्रचण्ड

- Advertisement -spot_img

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र छुवाछुतजस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार उनले जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता औँल्याएका छन् ।

“सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खतरा पैदा भएको छ । सामन्तवादका उपज सामाजिक कलंकका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकताबद्ध पहलकदमीको आवश्यकता छ । सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

उनले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औँ शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको पनि बताएका छन् ।

संविधान र कानुनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि दलित समुदायमाथि हुने हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । उनले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल पनि गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु