Information is intelligence
HomeAgricultureविस्तार हुँदै कागती खेती

विस्तार हुँदै कागती खेती

- Advertisement -spot_img

कुनै समय बाँझो जग्गा थियो, तर  अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।

घोराहीमा वार्षिक रु तीन हजार कठ्ठा र तुलसीपुरमा रु  दुई हजार ५०० जग्गा भाडामा लिएर रुकुम घर भई हाल दाङमा बसोबास गर्दै आएका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका हुन् । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाएका छन् ।

उनीहरूले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उनीहरूले वार्षिक रु १५/२० लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन् । “डेढ वर्षदेखि हामीले आम्दानी लिन शुरु गरेका हौँ”, वलीले भने “वार्षिक रु १५/२० लाख आम्दानी हुने गरेको छ ।” कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने उनले बताए । उहाँका अनुसार शुरुमा आफूहरूले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करिब रु एक करोड लगानी भइसकेको छ ।

अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताए । “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पुर्याउन भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।”

सरकारले दाङमा कागती खेती विस्तार गर्ने भएपछि आफूहरू झनै खुशी भएको उनले बताए । यसले व्यावसायिकरूपमा कागती खेती गरिरहेका  किसानलाई थप प्रोत्साहन गरेको उनको भनाइ छ । अहिले दाङका दुई स्थानमा आफूहरूले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर दैशभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताए । अहिले हामी दुई छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौँ”, उनले भने, “त्यसका लागि १०८ किसान थप गर्ने हाम्रो योजना छ ।” उहाँका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पुर्याउने योजना छ ।

अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनको भनाइ छ । आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उनको भनाइ छ । एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु