Information is intelligence
HomeNewsश्रम स्वीकृतिका लागि वैदेशिक रोजगारको ताहचल कार्यालय खुल्ने

श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारको ताहचल कार्यालय खुल्ने

- Advertisement -spot_img

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्वीकृतिका लागि आवतजावतको समस्या रहेका व्यवसायीहरुलाई विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

शुक्रबार वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचल श्रम स्वीकृतिका लागि खुला रहने जानकारी गराउँदै संघले आवतजावत गर्न पास आवश्यक भएमा ब्यबसायीहरुलाई संघको इमेलमार्फत सम्पर्क गरी पास लिन आग्रह गरेको छ ।

आगामी जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको सरकारले बिहीबारबाट आवागमनमा थप कडाइ गरेको छ । निषेधाज्ञा अवधिमा पनि वैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । निषेधाज्ञा ३३ दिनको अवधिमा करिब पाँच हजार नेपाली कामदारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

अति जरुरी परी कार्यालयसम्म आउन सक्नेलाई कार्यालय खोलेर पनि श्रम स्वीकृति दिने काम भइरहेको र निषेधाज्ञा अवधिभर सेवा जारी रहने पनि बताइएकोे छ । कोरोना भाइरसको दोश्रो लहर बढेपछि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो भने २३ गते मध्य रातिदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो ।

सरकारले हाल नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडानको अनुमति दिएको छ । तर ठूलो संख्यामा नेपाली कामदार रहेका खाडी तथा मलेसियाबाट हुने उडानले अनुमति पाएका छैनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु