Thursday, June 17, 2021
HomeNewsप्रदेश सांसदका छोराले चलाएको कारको ठक्करबाट एकको मृत्यु

प्रदेश सांसदका छोराले चलाएको कारको ठक्करबाट एकको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करले बिहीबार राति विराटनगरस्थित एयरपोर्ट रोडमा एक भारतीय नागरिकको मृत्यु भएको छ । एक जना घाइते छन् ।

भारतको अररिया घर भई विराटनगर–४ स्थित न्यु एभरेस्ट फर्निचर उद्योगमा कार्यरत ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो । प्रदेश३–०१–००२च २१३९ नम्बरको कारको ठक्करबाट घाइते शर्मालाई उपचारका लागि कोसी अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

दुर्घटनामा घाइते भएका कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशीको नोबेल अस्पतालमा उपचार भइरहेको छ । सांसद कार्कीका छोरा रोबिनले तीव्र गतिमा चलाएको कारले पैदल यात्रीलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । कार्कीले साथीहरूसँग एक होटेलमा मादक पदार्थ सेवन गरेर कार चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काको भनाइ छ । उनीहरू फरार रहेकाले खोजी भइरहेको उनले जानकारी दिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय