Information is intelligence
HomeHealthभारतमा २ लाख ७ हजार भए संक्रमण मुक्त, थपिए १ लाख ३२...

भारतमा २ लाख ७ हजार भए संक्रमण मुक्त, थपिए १ लाख ३२ हजार संक्रमित

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ हजार ७१ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ पुगेको छ ।

यस्तै, १ लाख ३२ हजार ३६४ जना संक्रमित थपिएका छन्। भारतमा हालसम्म २ करोड ८५ लाख ७४ हजार ३५० जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो केही सातादेखि संक्रमितको संख्या घट्दै गएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण एकैदिन थप २ हजार ७१३ जनाको मृत्यु हुँदा देशभर कूल मृतकको संख्या ३ लाख ४० हजार ७०२ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु