Thursday, June 17, 2021
HomeNewsखोलामा ठेकदारको शासन, स्थानीय प्रशासन मौन

खोलामा ठेकदारको शासन, स्थानीय प्रशासन मौन

- Advertisement -
- Advertisement -spot_img

ठेकदारले बारामा रहेका विभिन्न खोलाबाट दर्जनाैँ एक्साभेटर, ट्रिपर, ट्रयाक्टर लगाएर नदी दोहन कार्य तीव्र पारेका छन् ।

लाल बकैया खोला, बालगंगा, दुधौरा र पसाह खोलाको ठेक्का कलैयाको विनोद निर्माण सेवा कम्पनीले पाएको छ । खोलामा सञ्चालन गरेको एक्साभेटरले पाँच फिटभन्दा बढी खोला उत्खनन गरी प्रारम्भिक वातावरणीय परीक्षण (आईई) रिपोर्टको धज्जी उडाइरहेको छ । तर, अनुगमन गर्ने निकाय मौन छ । जितपुर सिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष केदार बजगाईले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) का अनुसार एक मिटरदेखि डेढ मिटरसम्म उत्खनन गर्न अनुमति दिएको बताए । कतिपय ठाउँमा आईई रिपोर्टभन्दा बढी खनेको पनि पाइएको तर, कारबाही गर्ने अधिकार नगरप्रमुखदेखि प्रमुख जिल्ला अधिकारीसंग भएकाले आफू केही गर्न नसक्ने बताए ।

वन विनाश पनि तीव्र भएको स्थानियको भनाई छ । वन क्षेत्रभित्र सवारी साधन गुडाउने सिमा निर्धारण गरिएको भएपनि खोलामा आएको ट्रिपर, ट्याक्टरले आफू खुसी कुदाउदा वन मासिँदै गएको स्थानीय बताउँछन् । डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदका अनुसार समझौताअनुसार बढी खोला उत्खननले भोलिका दिनमा पानीको मुहान सुक्दै जाने बताए । साथै यसरी खोला मासिँदै जाँदा वन्यजन्तुलाई समेत ठूलो नोक्सनी हुने उनले बताए । समयमै खोलाको विनाश रोकिएन भने पर्यावरणमा ठूलो क्षति पुग्ने अहमदले जानकारी गराए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय