Information is intelligence
HomeNewsगृहसचिव न्यौपानेलाई हटाउने तयारी,अर्याललाई गृहमा ल्याउने सम्भावना

गृहसचिव न्यौपानेलाई हटाउने तयारी,अर्याललाई गृहमा ल्याउने सम्भावना

- Advertisement -spot_img

सरकारले गृहमन्त्रालयका सचिवको सरुवा तयारी गरेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई परिवर्तन गरेर सामान्य प्रशासन मन्त्रालयमा रहेका एकनारायण अर्याललाई गृहसचिव बनाउने सम्भावना रहेको स्रोतको दावी छ । अर्याल यसअघि सहसचिव हुंदा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन् । उनको गृहमन्त्रालयमा लामो अनुभव छ ।

अर्यालले कलकत्तामा महावाणिज्यदूतको समेत जिम्मेवारी सम्हालेका थिए । अहिले गृहसचिव रहेका न्यौपाने अख्तियारबाट गृहमन्त्रालयमा सरुवा भएर आएका थिए । उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ । न्यौपानेको यो ६ महिनामा दुई चोटी सरुवाको लागी फाइल उठेपनि अन्तिममा रोकिएको थियो । उनको कार्यक्षमता कमजोर भएको भन्दै सरकारले उनलाई गृहमन्त्रालयबाट अन्त पठाउन खोजेको हो ।

‘अब न्यौपानेको सरुवा चांडै हुन्छ होला,सरकारले चुनावको घोषणा गरिसकेको अवस्थामा गृहसचिव अनुभवी र क्षमता भएको चाहिन्छ । त्यसका लागी केही दिनमा उपयुक्त व्यक्तिलाई गृहमा ल्याउने तयारी छ । ’ स्रोतले  भन्यो ।

न्यौपाने निती निर्माणमा भन्दा पनि प्रहरीको सरुवा बढुवा र व्यक्तिगत काममा बढी सक्रिय रहेको र निर्णय क्षमता समेत कमजोर रहेको बताइन्छ ।

अहिले गृहसचिव वन्नको लागी श्रम सचिव सुर्य गौतम र पर्यटन सचिव यादव कोइराला समेत लविङमा लागेका छन् । कोइरालासंग पनि गृहमन्त्रालयको अनुभव छ । उनि सहसचिव हुंदा ललितपुर सिडिओ भएका थिए भने मन्त्रालयमा शान्ति सुरक्षा महाशाखाको प्रमुख समेत बनेका थिए ।  सरकारले अरु मन्त्रालयका सचिवहरुको समेत सरुवा गर्ने तयारी गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु