Information is intelligence
HomeNewsखनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी

खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी

- Advertisement -spot_img

भावी रणनीति तय गर्न बिहीबारबाट शुरु भएको एमालेको खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन आज पनि जारी छ । भर्चुअल रुपमा बसेको बैठकमा बिहीबार बोल्न बाँकी रहेका सदस्यहरुले आज धारणा राख्ने छन् । बैठक केहीबेर अघिबाट सुरु भएको छ ।

बिहीबारको बैठकमा झण्डै ४० जना केन्द्रीय सदस्यले धारण राखेका थिए । बाँकी नेताहरुले आज बोलेपछि बैठक समापन गरिने नेता युवराज ज्ञवालीले जानकारी दिए ।

बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी एकताका नाममा अध्यक्ष ओलीले अल्मल्याउने प्रयास गरेको भन्दै छिटो निष्कर्षमा पुग्नुपर्ने धारण राखेका थिए । त्यस्तै ओली पक्षका नेतासँग अनौपचारिक वार्ता गरिरहेका केही नेताले केही दिन पर्खनुपर्ने धारणा राखेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु