Information is intelligence
HomePoliticsशेरबहादुर तामाङ स्वाथ्यमन्त्री बन्दै

शेरबहादुर तामाङ स्वाथ्यमन्त्री बन्दै

- Advertisement -spot_img

एमालेले शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रालय हेरफेर गर्दैछन् । एमालेका कार्यलय सचिवसमेत रहेका उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

“चुनौतीपूर्ण समयमा गम्भीर जिम्मेवारी पाएको छु । अहिलेसम्म स्वास्थ्य मन्त्रालयको टुंगो लागेको छ,” उनले बाह्रखरीसँग भने, “ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।”

यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उनी बोली चिप्लँदा विवादमा परेर बहिर्गमित भएका थिए । उनीसँगै रघुवीर महासेठ दोहोर्‍याएर ओली नेतृत्वका सरकारमा सहभागी हुन लागेका हुन् ।

योसँगै एमालेका ईश्वर पोखरेललगायत नेताहरू बहिर्गमित हुने सूचीमा परेका छन् ।

मन्त्रिपरिषद् हेरफेरसँगै जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । जसपाबाट राजेन्द्र महतोले उप्रधानमन्त्री र १० मन्त्रालयसहित सरकारको नेतृत्व गर्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु