Thursday, June 17, 2021
HomePoliticsमन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीले लिए शपथ

मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीले लिए शपथ

- Advertisement -
- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का १० जनासहित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री छन्। विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन्।

नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छिन्।

यस्तो मन्त्रिपरिषद्को कार्यविभाजन

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षा

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिला

शरतसिंह भण्डारी : ऊर्जा

अनिल झा : खानेपानी तथा सरसफाई

विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : वन तथा वातावरण

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था

चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ : युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय