Information is intelligence
HomeSportsबार्सिलोनाले प्रशिक्षक परिवर्तन नगर्ने

बार्सिलोनाले प्रशिक्षक परिवर्तन नगर्ने

- Advertisement -spot_img

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले रोनाल्ड कुमन क्याट्लन क्‍लबकाे प्रशिक्षक रहिरने बताएका छन् । पहिलो सिजन बार्सिलोनालाई स्पेनी ला लिगामा तेस्रो बनाएका कुमनले क्लब छाड्ने हल्ला चलिरहेको थियो । डच रणनीतिकार कुमनले बार्सिलोनालाई कोपा डेल रे समेत जिताएका थिए ।

गत सिजन लिगमा म्याड्रिडका दुई क्लब भन्दापछि परे पनि बार्सिलोनाले प्रशिक्षक परिवर्तन नगर्ने भएको हो । केही साता यता पूर्वखेलाडी जाभी प्रशिक्षक बनेर बार्सिलोना फर्कने सम्भावना बारेमा अनुमान हुँदै आएको थियो । ‘हामी कुमनसँग सन्तुष्ट छौ । उनीसँगको छलफल सकारात्मक रह्यो । प्रशिक्षकका रूपमा कुमनले निरन्तरता पाउने छन्,’ बिहीबार एक विज्ञप्ति जारी गर्दै लापोर्टाले भनेका छन् ।

कुमनले बार्सिलोनासँग दुई वर्षका लागि सम्झौँता गरेका थिए । अर्को सिजन बार्सिलोनामा बलियो नतिजा निकाल्न सके कुमनको सम्झौँता थप एक वर्षका लागि नविकरण हुने सम्भावना छ । तर बार्सिलोना प्रदर्शन खराब रहे कुमनलाई बीचमै बर्खास्त गरिने र त्यसो गर्दा उनलाई क्षतिपूर्ती तिर्नु नपर्ने गोल डटकमले लेखेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु