Information is intelligence
HomeNewsजातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा जुम मार्फत छलफल

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा जुम मार्फत छलफल

- Advertisement -spot_img

२२ जेठ २०७८ काठमाडौं

अखिल नेपाल महिला सङ्घ(अनेम)द्वारा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा शुक्रवार  काठमाडौंमा जुम मार्फत एक कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले नेपाली समाजबाट जातिय भेदभाव तथा छुवाछुत हटाउन दश वर्षे रणनीति र योजनाको तयारी भइरहेको बताए । साथै भेदभाव विरुद्ध कानुन ल्याएर, केही व्यक्ति, संस्थाले मात्र अभियान चलाएर भेदभाव नहट्ने अनुभवको आधारमा योजना नै बनाएर आयोग अगाडि बढ्न लागेको कुरामा जोड दिएका थिए ।

अनेम सङ्घका सह -संयोजक एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री  थममाया थापाले सरकारले जातिय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरेको १५ वर्ष सम्म पनि समाजमा विभेद कायमै रहेकोले यस विरुद्ध चर्चा, छलफल सहित प्रतिवद्धताका लागि कार्यक्रमको आयोजना गरिएको बताइन ।

त्यसै गरी अनेम सङ्घका प्रचार/प्रसार विभाग प्रमुख शर्मिला कार्कीले समानताको न्यायको लागि समाजमा विद्यमान जातिय भेदभाव छुवाछुत हट्नु जरूरी रहेकोले यस विरूद्ध राजनीतिक, समाजिक चेतना फैलाउनु पर्ने कुरामा जोड दिइएकी थिइन ।

साथै अनेम सङ्घका इन्चार्च गोमा देवकोटाले  छुवाछुत जस्तो विभेद दलित समुदायको मात्र समस्या होइन, अग्रगामी समाजकै कलङ्क हो भन्दै  महिला लगायत सिमान्तकृत वर्ग माथि हुने विभेद समेतलाई हटाउन सबैले पहल गर्नु पर्ने बताइन ।

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क.ले समाजमा प्रथाको रुपमा रहेको दलित विरुद्धको भेदभावको अन्त्यका लागि आर्थिक/ सामाजिक रुपान्तरण आवश्यक रहेको र यसका लागि सबै जना एक जुट भएर लाग्नु पर्ने बताइन ।

सरकारले वि.स. २०६३ जेठ २१ गते नेपालबाट जातिय भेदभाव तथा छुवाछुत उन्मुलन भएको घोषणा गरेको थियो । सो कार्यक्रममा अधिकारकर्मी रिता शाह, पूर्व सांसद पार्वती विसुङ्खेले जातिय भेदभाव तथा छुवाछुतले निम्त्याएको समस्याका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु