Information is intelligence
HomeNews२४ घण्टामा ८२४३ जनाले जिते कोरोना

२४ घण्टामा ८२४३ जनाले जिते कोरोना

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २४३ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ८४ हजार ३७३ पुगको छ।

त्यसैगरी २४ घण्टामा पाँच हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ जनाको परीक्षण गर्दा तीन हजार ५४० र पाँच हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ सय २ जना गरेर पाँच हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ८५ हजार एक सय पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या १३ हजार १०४ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाले ६८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु