Thursday, June 17, 2021
HomeNewsयुवती बेच्न खोज्ने पक्राउ

युवती बेच्न खोज्ने पक्राउ

- Advertisement -
- Advertisement -spot_img

पर्सा — कन्या पूजा गर्न भन्दै गोरखाका दुई युवतीलाई भारत बेचबिखन गर्न लैजाँदै गरेका एक भारतीय नागरिक र उनकी नेपाली श्रीमती पक्राउ परेका छन् । पक्राउ परेकी महिलाले आफ्नै नन्दसमेत गरी दुई जनालाई भारत लग्दै गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना पहाडपुर ग्रामपञ्चायत अहिरओलिया गोदाम–४ घर भएका २७ वर्षीय अस्गर सैफी र उनकी पत्नी तनहुँको दमौली नगरपालिका–५ की सकिना खातुन भन्ने २६ वर्षीया सीता थापा क्षत्री छन् ।

चेलीबेटी बेचबिखन नियन्त्रणमा सक्रिय संस्था आफन्त नेपाल वीरगन्ज शाखा प्रमुख मनु रानाका अनुसार गोरखा माइती र तनहुँ घर भएकी २० वर्षीया बिना क्षत्री (नाम परिवर्तन) लाई उनीहरूले फकाएर भारत लैजान लागेका थिए । बाँकेको नेपालगन्जमा कन्या पूजा छ भन्दै उनीहरूले त्यहाँ दुई जना शुद्ध चोखो कन्याको खाँचो भएको र १ घण्टा पूजामा सरिक भएबापत १ लाख रुपैयाँ पाइने प्रलोभन दिएका थिए । आर्थिक प्रलोभनबाट बिना र उनकी साथी २२ वर्षीया रिमा गुरुङ (नाम परिवर्तन) पूजामा सहभागी हुन तयार भएका थिए । बिनाका पति रोजगारीका लागि विदेश गएको र घरमा उनका २ सन्तान छन् ।

नेपालगन्जमा हुने पूजाको पैसा वीरगन्जमा पाइन्छ भनेर दम्पतीले जेठ १७ गते उनीहरूलाई वीरगन्ज ल्याएर होटलमा राखेका थिए । शंका लागेपछि रिचार्ज किन्ने बहानामा होटल बाहिर आएर एक पसलेलाई उनीहरूले प्रहरी बोलाइ दिन आग्रह गरेका थिए । दम्पतीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानका लागि सात दिनको म्याद थप भइसकेको जिल्लाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय