Thursday, June 17, 2021
HomeNewsजुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

- Advertisement -
- Advertisement -spot_img

दाङ : जुवातास खेलिरहेको अवस्थामा दाङमा होटल सञ्चालकसहित ६ जना फक्राउ परेका छन् । उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय सुधीर न्यौपाने, ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भीम खत्री, २४ वर्षीय होमराज रोका र होटल सञ्चालक २९ वर्षीय दीपक थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शनिबार साँझ करिब ६ बजेतिर घोराही–१५ स्थित गौरिदीप होटलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनीहरूको साथबाट १ लाख ३९ हजार  नगद, जुवा खेल्न प्रयोग भएको १ गड्डी तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय