Information is intelligence
HomeSportsभिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने

भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने

- Advertisement -spot_img

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।

सन्दीप २६/२७ मे भित्र पुगिसक्नु पर्ने थियो ।

भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ ।  सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । सन्दीप पहिलो पटक यस प्रतियोगिता खेल्ने तयारीमा थिए ।

सन्दीपले भिषा ढिला आएपछि सामाजिक संजालमा समेत आक्रोश पोखेका थिए ।

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्यान्ड जाने भएका छन् ।

सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु