Information is intelligence
HomeNewsप्रदेश २ का ४ मन्त्री बर्खास्त

प्रदेश २ का ४ मन्त्री बर्खास्त

- Advertisement -spot_img

प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतबार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार  मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना , ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी , नवलकिशोर साहलाई सामाजिक  र रामनरेश यादवलाई उद्योग मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु